२६ कात्तिक, काठमाडौं । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई-पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ ।
अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । विभागका प्रवक्ता शरदराज आरनका अनुसार मंसिर एक गते विशेष समारोहका बीच ई-पासपोर्टको वितरण शुरु हुनेछ । विभागले कोबाट यसको शुरुआत गराउने भन्ने सार्वजनिक गरेको छैन ।
