हिन्दू धमालम्बीहरुको पात्रो अनुसार चान्द्रमास अनुसार महिनाको ११औँ दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा २ वटा एकादशी पर्दछन् । कात्तिक शुक्ल पक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । मूलतःएकादशीमध्ये उत्तम एकादशी भएकाले यो दिनलाई ठूली एकादशी पनि भनिएको हो । यसरी हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्दछ । यसरी हरि भनेका साक्षत् विष्णु भगवान् हुनुहुन्छ । यसको साथसाथै बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भन्ने अर्थ हुन्छ । हिन्दु धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीको दिनक्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो । यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसीविवाहपनि गरिदिने चलन रहेको छ । खासगरी एकादशी तिथि माभगवान् विष्णुको उपासना गरी व्रत बस्ने परम्परा रहेको छ । त्यस्तै महाभारतमापनि भगवान् श्रीकृष्णले युधिष्ठिरलाई यस दिन गरिएका स्नान, दान, तप आदि सबै कर्म अक्षय फलदायी हुने बताएका छन्। यस दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने र द्वादशीका दिन तुलसीको विशेष पूजासँगै नवान्न (नयाँअन्न) को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गनुपर्ने धार्मिक मान्यता रहेको छ । यो क्रम मार्गशीर्ष कृष्ण पक्षको पञ्चमीसम्म रहने गरेको छ ।
हिन्दू देश नेपालमा वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये आषाढ शुक्ल एकादशी र कात्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको उपासनागर्दा बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ ।
त्यस्तैगरी प्रत्येक साढे २ वर्षपछि एउटा अधिकमास अर्थात पुरुषोत्तम महिना पर्छ ।त्यतिबेला भने दुइटा एकादशी पद्मिनी र परमाथप हुने भएकाले मलमास परेको सालमा जम्माजम्मी २६ वटा एकादशी पर्न आउँछन् । प्रत्येक एकादशीको आ–आफ्नो अलगनाम र परिचय छ भने सबैको भित्राभित्रै व्रतउपवासको फल तोकिएको पाइन्छ । त्यसमध्ये हरिबोधिनी एकादशी पनि एक हो । यस वर्षको कार्तिक २९ गते यो एकादशी पर्न आएको छ । तुलसीको विवहा गर्ने एकादशी पनि भनिन्छ यस दिनलाई । सामान्यतया द्वादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रातः समय एकादशी, मध्यदिनभरि द्वादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशी तिथि स्पर्श भएको एकादशीलाई त्रिस्पृ शाएकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य एक हजारवटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्यासम्मको दोषबाट मुक्तिपाइने र सयौँ अश्वमेध यज्ञ गरको फलसमेत पाइने हुन्छ ।फलतःशुक्ल पक्ष पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो । शुक्ल पक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्वादशीमा रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा एक वर्षसम्म नित्य एक पाथी तिल दान गरेको वा एक हजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ । कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरू पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ ।
मूलतःफलाहार, जलाहार वानिरा हारबाट एकादशी उपासना गर्ने गरिन्छ । कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्तिहुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ। यसलाई ठूली एकादशीको रूपमा पनि मान्ने गरिन्छ। ठूली एकादशीका गृहिणीहरूले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन्। तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ। यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन छ। संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ। यस एकादशीमा रातभरि जागेर हरि नाम संकीर्तन गर्नाले भगवान् विष्णु अत्यन्त प्रशन्न हुने गर्नुहुन्छ। विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन छ। अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिबोधिनी एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभकार्य पुनःप्रारम्भ हुन्छन्। यसरी पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी माहात्म्यका अनुसार हरिबोधिनी एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फलप्राप्त हुन्छ। यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ। यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जेजस्तो जपतप, स्नानदान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन ।
समग्रमा भन्नुपर्दा एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातन धर्मीको आध्यात्मिक कर्तव्य हो। यस एकादशीका दिन तुलसी विवाहोत्सव पनि मनाउने चलन छ। विष्णुले वृन्दासित छल गरेको जब सत्य कुरो चालपाईन, तिनले विष्णुलाई श्राप दिईन। वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए। विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहां प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गंण्डकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ। तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ। त्यस दिनदेखि के मान्यता छ भने कार्तिक शुक्ल एकादशीकादिन भगवान्शालिग्राम र तुलसीको पूजा गराउनाले कन्यादानको फलप्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवान्सरह प्रशन्नता प्राप्त हुन्छ। यस व्रतको प्रभाव मनको दृढ संकल्प नै हो, मनोबल वृद्धि हो, चित्तशुद्धि हो, धर्मपरायण र सात्विक भावको विकास हो । सत्य, धर्म, सदाचारले व्यक्ति, समूह, समुदाय र समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकहरूले पनि अनुसन्धान, अध्ययनगर्दै छन् ।
काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् । उद्देश्य एवं कामना परक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्य कर्ममा पर्छ । नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बन्ने हुन्छ– कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ, जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशी व्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । यस व्रतको प्रभावले कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ । यसर्थचोरी, हिंसा, कामक्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ ।
तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरूकालागि जीवनको हृदयभैmँँमहत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ । हरिबोधिनीमा सो तुलसीलाई संकल्प स मेतको अनुष्ठानमा विष्णु भगवान्संग विवाह गराइन्छ । यसै विवाहकर्मले ठूली एकादशी भनिएको मान्न सकिन्छ ।


1 Comment
Pingback: अक्षय फलदायी हरिबोधिनी एकादशी | Bishow Nath Kharel