काठमाडौँ: सर्बिया फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ।
सोमबार बिहान भएको खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गर्दै सर्बियाले विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।
खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको पोर्चुगलले यो अग्रतालाई बचाउन सकेन। खेलको ३३ औं मिनेटमा सर्बियाले बराबरी गोल फर्कायो।
दोस्रो हाफको ९० औं मिनेटमा सर्बियाका एलेक्जान्डर मित्रोभिकले निर्णायक गोल गर्दै विश्वकपमा सर्बियाको स्थान सुरक्षित गरे।
अब पोर्चुगलले भने विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्ने भएको छ। पोर्चुगललाई विश्वकपमा छनोट हुन सर्बियासँगको खेलमा कम्तीमा बराबरीको नतिजा चाहिएको थियो।
युरोपेली छनोट अन्तर्गत समूह एमा सर्बियाले ८ खेलबाट २० अंक पाएको छ भने पोर्चुगलले समान खेलबाट १७ अंक मात्र जोडेको छ।

