भक्तपुर, कार्तिक २८ । वायरिलाँको बजार प्रबर्द्धनको समापन भएको छ । वायरिलाँ (शंखधरमार्ग) मध्यपुर ४ मा दशैं तिहार, नेपाल सम्बत ११४२ एवं छठ पर्वको उपलक्ष्यमा ४२ दिने बजार प्रवर्द्धन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा विभिन्न चिठ्ठा/पुरस्कारको व्यवस्था गरिएको थियो । विविध साँस्कृतिक कार्यक्रम २०७८ को पनि प्रस्तुति रहेको थियो । सोही टोल सुधार समिति (वायरिलाँ) द्वारा आयोजित शनिवार समापनमा पनि स्थानीय लोकनृत्य र गायनको प्रस्तुति आकर्षक र मनमोहक रह्यो । टोलवासीको बाक्लो उपस्थितिमा २७ गते साँझ प्रस्तुत कार्यक्रममा साँस्कृतिक उत्थान परिषद् र मण्डला कला केन्द्र लगायतका प्रशिक्षकहरुको तर्फका विद्यार्थी, कलाकारहरुको नृत्य तथा गायन प्रस्तुत गरिएको थियो ।
हरेक रु१०००/- को खरिदमा १ थान चिठ्ठाको व्यवस्था गरिएको थियो । उक्त पुरस्कारमा प्रथम ०८८८९, द्वितीय१५८५२ र तृतीय पुरस्कार ०५७६० देवीका खड्का कार्कीले प्राप्त गरे ।
समापनमा माननीय प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी अधिकारीले शुभकामना र बधाई ज्ञापन गर्नुभएको थियो । अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता र सञ्चालन रोशन बज्राचार्यले गर्नुभएको थियो । कार्यक्रममा मारुनी नाँच, कुमारी नाच र डम्फु सेलो लगायतको प्रस्तुति रह्यो । उपाध्यक्ष उमेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको व्यवसायी शिव सापकोटाले बताए ।
