काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरू बैठक बस्दैछन्। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सम्मिलित बैठक समापन भएपछि औपचारिक निर्णय बाहिर आउनेछ ।
उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। दोस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै प्रशासनले आजै निषेधाज्ञा थप्ने आदेश जारी गर्न लागेको हो
अब हुने एक साता निषेधाज्ञालाई अझ कडा पार्न लागिएको छ ।
