काठमाडैा / बिबेकसील पार्टीका सस्थापक युबा नेता उज्वल थापा कोरोना सन्क्रमण सँग जुद्धै छन्, मेडिसिटी हस्पिटलमा । उपचारमा सहयोग गर्न लाखौं शुभचिन्तकहरु क्राउड्फन्डिङमा स्वत: स्फुर्तरुपमा सहभागी भए । आबस्यक फन्ड पनि जुट्यो । परिवारले थप फन्ड सङ्कलन नगर्न अपिल पनि गरी सकेको छ ।
तर, उनको स्वास्थ्य अवस्था भने दिनप्रतिदिन झन्-झन् जटील हुँदै गएको समाचारहरु आइरहेको छन् ।
यसै क्रममा भर्खरै बिबेकशील साझा पार्टीका सम्योजक रबिन्द्र मिश्रले फेशबुक वालमा थापाको पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारी दिदै लेखेका छन्” उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!”

