नन्दलाल खरेल
जीवन दुःखदायी घुम्तीमा टक्क अडिएको छ
न अघि न पछि कुनै जाने ठाउँ छ
जीवन कर्कलाको पानीको फोका झै अडिएको छ
कुन वेला हावा हुरी आई लाने हो ज्यादै पीडा छ
जीवन दैवले भन्दा उपचारको अभावले सिद्धिएको छ
शासक मध्यरातमा जनतालाई छक्याई उपद्रोह गरेको छ
जीवन तानाशाहको शोखमा संकटमा छ
अक्सिजन र भेन्टिलेटर नपाएर जनताको रोदन छ
जीवन थोरैका लागि आलीसन सुख छ
तर धेरैका लागि जीवन नरकीय छ
जीवन आशा र निराशामा वाचेको छ
तर अहिले निराशाको व्यारोमिटर उच्च छ
जीवन डर त्रास र भाडदौडमा छ
शान्तीले वाच्न पाउने पर्खाइमा छ
जीवन भय र आशंकाले विक्षिप्त छ
श्मशानघाटमा चिताहरु आँखु झार्नेको पर्खाइमा छ
जीवनका सीमाहरु महामारीले भताभूंग बनाइदिएको छ
युद्धमा खनिने भुईमुनिका सुरुङहरु झै भएको छ
जीवन राहत पाउने आशामा कुरेको छ
शासक अनुदानको वर्षा कहाँबाट हुन्छ भनि टोलाएको छ

