उपेन्द्र यादव पक्षले महन्थ ठाकुर लगायत ४ जनालाई निष्कासनपछि महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका छन् ।
ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले उपेन्द्र यादवलाई कारवाही गरेको हो ।
बैठकले यादवलाई पार्टीबाट निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताए । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

