संवैधानिक इजलास आजलाई बन्द भएको छ । प्रधानन्यायाधीश बिरामी भएपछि इजलास बन्द भएको हो । के बिरामी भएको हो भन्ने खुलाइएको छैन । प्रधानन्यायाधीश राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए। उनी बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएका छन् ।

