काठमाडौँ: मनाङको नासोँ गाउँपालिकाको भवन बाढीले बगाएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार प्राइम कमर्सियल बैंक र प्रभु बैंकको कार्यालय बाढीले बगाएको छ ।
सीमा प्रहरी चौकी धारापानी पनि बाढीले बगाएको मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार प्राइम बैंकमा कार्यरत एक जना कर्मचारी सम्पर्कविहीन छन् ।
