नन्दलाल खरेल
म शासक वेइमान स्वार्थी धोकेवाज छु
आफ्नो अभिष्ठ पुरा गर्न नैतिकताको कुरा गर्छु
म शासक आपसी संघर्ष र प्रतिस्पर्धामा रमाउँछु
सत्ता शक्तिमा पुग्न जेसुकै जोखीम मोल्छु
म शासक जनतालाई समृद्ध र प्रेमको कुरा गछर््
तर आफ्नो स्वार्थ सम्पत्ती र सन्तानको चिन्ता गर्छु
म शासक विदेशीबाट खतराको हल्ला मच्चाउँछु
सत्ताजोगाउन परे विद्रोहीलाई क्रुरतापूर्वक सिद्धाउँछु
म शासक शक्तिमा रहन दोहोरो चरित्र निभाउँछु
जनताको भावुकतालाई कदर गर्दै धर्मभिरु अभिनय गर्छु
म शासक राष्ट्रवादको नीति अनुशरण गर्छु
तर सत्ताको लागि अराष्ट्रिय तत्वको पाउ मोल्छु
म शासक मेकियावेलीको सत्ता सिद्धान्त अपनाउछु
राजनीतिलाई नीतिशास्त्रमा चलाउन अव्यवहारिक ठान्दछु
kharelnand@gmail.com
9841268023

