– नन्दलाल खरेल
गाउँ गाउँमा सिंहदरवार स्थानिय तह सम्मै भ्रष्टाचार
सुशासन पारदर्शी गुणस्तरीय जवाफदेही सबै वेकार
गाउँ गाउँमा सिंहदरवार दिक्क लाग्दो रमिता यार
महँगा गाडीमा झण्डा हल्लाउने मन्त्री उत्पादनको कारखाना यार
गाउँ गाउँमा सिंहदरवार छातीमा हात राखेर भनौ यार
डन तस्कर माफीयालाई पाल्न नसकिने भो यार
गाउँ गाउँमा सिंहदरवार वढ्यो सबै क्षेत्रमा कर
राता राता धनाढ्य भए जनप्रतिनिधि सबै यार
गाउँ गाउँमा सिंहदरवार हेर्दा हेर्दै सबै नगर
गरिबलाई पनि नछाड्ने भो कत्ति पनि कर
गाउँ गाउँमा सिंहदरवार वढेन विकासको रफ्तार
सातै ठाउँमा देखिन थाल्यो रमिता यार
गाउँ गाउँमा सिंहदरवार संघको कुलत देखियो यार
कम्तीमा विपत्तिमा सत्ताले रमिता नदेखाए हुन्थ्यो यार
गाउँ गाउँमा सिंहदरवार सिंहलाई जोगाउन मुस्किल छ यार
सिंहलाई जोगाउन करोडले पनि काम नगर्ने भयो यार
गाउँ गाउँमा सिंहदरवार नजिकको हैन रहेछ हाम्रो सरकार
अब सोच्ने वेला आएको छ सबैको दरकार

