बरिष्ठ सञ्चारकर्मी प्रवीण जोशी
भक्तपुर, असार १० । कवि डा. राजेन्द्र कोजुद्वारा लिखित ‘इमानको धरहरा’ कविता संग्रह लोकापर्ण गरिएको छ । प्रमुख अतिथि प्राध्यापक डाक्टर देवी नेपालले लोकापर्ण गर्नुभयो ।
डाक्टर राजेन्द्र कोजु कवि मात्र नभएर भक्तपुरको शिक्षा विकासमा योगदान गर्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँको ४५ औं जन्मोत्सवको अवसर पारेर लोकार्पण गरिएको कविता संग्रहको हरिप्रसाद ढकालले समीक्षा गर्नुभएको थियो ।
कवि तथा श्रष्टा जीवनाथ अधिकारीले भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कोजुको कवितामा श्रृङ्गारिकता, रौद्रता पनि रहेको छ । समसामयिक सन्दर्भ पनि छन् । विद्रोह, आशावादी र राष्ट्रियता समेतका कुराहरु पनि समावेश गरिएको हरिप्रसाद ढकालले चर्चा गर्नुभयो ।
यस अतिरिक्त राजनीतिशास्त्रमा पिएचडी गर्नुभएका कोजुले आफ्नो आवद्धता रहेको जीवनमा पेशाको रुपमा अगालेको शिक्षा विषयका कविताहरु पनि रहेको पाठकले बताएका छन् । जीवनाथ अधिकारीले डा.कोजुका कविता छोटा, मीठा र रसयोग्य रहेको बताउनु भयो ।
शब्दयात्रा प्रकाशनका पदम दाहाल जो स्वयं कवि र शिक्षाप्रेमी हुनुहुन्छ । उहाँले पनि कविताको महत्वमाथि प्रकाश पार्नु हुँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

