एनआईसी एशिया बैंक लिमिटेडले पुन: ब्याजदर घटाएको छ ।
बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको हो । बैंकले जारी गरेको सुचना अनुसार पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८.०६५ प्रतिशतमा झर्ने भएको छ। बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशतविन्दु घटाएको छ ।
त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ। पुस महिनामा यस्तो ब्याजदर ६.६७ प्रतिशत थियो।

