काठमाडौँ: नेकपा (एमाले) को स्थायी कमिटीको बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ ।
ललितपुरको ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बस्न लागेको जानकारी प्राप्त भएको छ ।
यसअघि शुक्रबार पनि सोही प्रतिष्ठानमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो ।
कार्यदल भंग भए पनि स्थायी कमिटीका नेताहरूले आज बिहान सिंहदरबारमा छलफल गरेका थिए ।
भोलिको बैठकले केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने बताइएको छ ।

