बागलुङ, साउन ५ गते । बागलुङको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भिर रहेको छ । गलकोट नगरपालिका–७ मल्म गहिरो खर्कको गलकोट बृहत खानेपानी खानेपानी आयोजनामा कार्यरत १४ जना मध्ये ६ जना मजदुरले सोमबार घरेलु मदिरा सेवन गरेका थिए ।
स्थानीय भद्रबहादुर थापाले सञ्चालन गरेको मिलन किराना पसलमा घरेलु मदिरा खरिद गरी सेवन गरेका मध्ये रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षिय दूधबहादुर राना, ५१ वर्षिय रेखबहादुर राना र ३० वर्षिय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी इकवाल हलारीले जानकारी दिए ।

