गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ। सरकार विस्तार भएसँगै थपिएका ६ जना मन्त्रीलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पद तथा गोपनीयताको सपथ गराइन्। विस्तारित मन्त्रिमण्डलमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिए।
यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिए। माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाएका छन्।

