काठमाडौँ: टोक्यो ओलम्पिक २०२० मा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दो छ।
आज एकै दिन ३० जना संक्रमित भएका छन्। यसअघि हिजो एकैदिन ४ खेलाडीसहित २९ जना संक्रमित भएका थिए।
आज १ खेलाडीसहित ३० जना संक्रमित बनेपछि ओलम्पिकमा पनि पदकसँगै संक्रमितको संख्यामा पनि नयाँ नयाँ कीर्तिमान थपिँदै थएको छ।
हिजो र आज ग्रिसको कलात्मक पौडीबाजलाई कोरोना पुष्टि भएको हो।
योसँगै समूहगत रुपमा कोरोना पुष्टि देखिएको कमिटीले जनाएको छ। ग्रीक कलात्मक पौडीबाजका १२ जना सदस्यमध्ये ६ जनामा कोरोना पुष्टि भइसकेको छ।
आज मिडियाका ३, सात जना खेलसम्बन्धित व्यक्तिमा कोरोना पुष्टि भएको छ। उनीहरु सबै जना आइसोलेट भएका छन्।
पछिल्लो तथ्याङकअनुसार ओलम्पिक भिलेजमा बस्नेलाई नभई त्यो बाहिर बस्नेलाई संक्रमण भइरहेको टोक्यो आयोजक कमिटीले जनाएको छ।

