चैत्र – १५,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
पाँचथरको चियोभन्ज्याङबाट ४ गते अगाडि बढेको अभियान टोलीले पाँचथर , तेह्रथुम,धनकुटा हुँदै अरुण नदी तरेर भोजपुर प्रवेश गरी जुलुस ,कोण सभा र वालपेन्टिङ ,पर्चा वितरणका कार्यक्रम गरिरहेकोछ । अभियान टोलीले आज विहान भोजपुरको तिवारी भन्ज्याङबाट हिडेर हिले भन्ज्याङमा पर्चा वितरण गरी श्यामशिला भन्ज्याङमा कोण सभा गरेकोछ ।
त्यसैगरी झापाको काँकडभिट्टाबाट अगाडि बढेको यो टोली आज सुनसरी जिल्ला चतराको बाटो हुँदै उदयपुर जिल्लाको रामपुरबजार जनसम्वन्ध विस्तारसम्वन्धी कार्यक्रम संचालन गरेको छ ।
त्यस्तै कञ्चनपुरकोे गड्डाचौकीबाट अगाडि बढेको टोलीले चैत्र १५ गते आज बर्दिया जिल्लाको सदरमुकाम गुलरिया बजारमा मिटरब्याज ,लघुबित्त,सहकारी ठगी बारे अन्तरक्रिया गरेको छ । अन्तर्कृया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा तीन नम्बर ब्युरो ईन्चार्ज लाल बहादुर जाग्रीले कार्यपत्र पेश गर्नू भयो । अन्तरक्रिया पछि बर्दियाको गुलरियामै कोण सभा सम्पन्न गरिएको छ ।
जन सम्बन्ध विस्तार अभियान बैतडीको झुलाघाटबाट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले नेतृत्व गर्नु भएको टोली डढेल्धुरा,डोटी,अछाम हुँदै अहिले दैलेखको गाउँ गाउँमा कार्यक्रम गरिरहेकोछ । आज विहानमा अभियान टोलीले दैलेखको चामुण्डा बिन्द्रासैनीको वडा नम्बर ५मा स्थानीय सित कुराकानी गर्यो । आज सोही पालिकाको जम्बु काँध ,बुढेली, चाल्ने चौतारा,भैरबी गा । पा। कोखम्बोगाडे बजार,टाडीमाडीमा कार्यक्रम सम्पन्न गरेको छ।

