राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बानेश्वरका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट विदुर गाउँपालिका-६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्की रहेका छन्।
यसैगरी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीको लामुनटार गाउँपालिका-७ बस्ने १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका-१६ बस्ने १७ वर्षीया सुस्मिता बराल समेत पक्राउ परेका छन्।
प्रहरीले कोटेश्वर नरेफाँटबाट उनीहरूलाई पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

