काठमाडौँ । लगातारको वर्षाका कारण दुई दिनको सार्वजनिक बिदा घोषणा गरिएको काठमाडौँमा आज सोमबारदेखि सरकारी कार्यालय खुल्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार जारी गरेको सूचनामा सोमबार बिहान १० बजेदेखि नियमित कार्यालय समयसम्म सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने जनाएको छ।
जिल्ला प्रशासनको सूचना अनुसार राजधानीमा निरन्तर वर्षा रोकिएपछि जोखिमको अवस्था घटेको र सडक आवागमन पनि सहज बन्दै गएकाले सोमबार कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।
यसअघि मौसमले बढाएको जोखिमका कारण सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा घोषणा गरेको थियो। तर, वर्षा रोकिएपछि र अवस्था सामान्य बनेपछि दोस्रो दिनको बिदा कटौती गरिएको प्रशासनले जनाएको छ।