काठमाण्डौ । आइतबारदेखि सरकारी कार्यालयहरु खुल्ने समय घटेको छ। सरकारले चालू वर्षको लागि निर्धारण गरे अनुसार कार्यालय समय १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्।
नेपाल सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकेको छ।
अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ।
शुक्रबार भने दिउँसो ३ बजेको समय सम्म कार्यालय खुल्ने छ । अन्य समयमा पनि दिउँसो ३ बजेसम्म कार्यालय समय रहेको थियो ।

