काठमाण्डौ । पिकनिक खाएर फर्किँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सिन्धुलीको कमलामाई-८ माइस्थान स्थित बीपी राजमार्गमा माइस्थानबाट जनकपुर तर्फ जाँदै गरेको म.प्र.०४-००१ च ०१५२ नम्बरको ट्रक अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रकमा सवार १५ जना घाइते भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

