काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ठूलो सङ्ख्यामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्म २६० भन्दा बढी पदमा दरखास्त आह्वान गरेको हो।
विज्ञापनअनुसार अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना माग गरिएको छ भने सहायकस्तरका मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना आवश्यक रहेको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १० गतेभित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
हेर्नुहोस् विज्ञापन


