काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठाभित्र निस्सासिएर एक शिशुको मृत्यु भएको छ भने अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्दै आएकी ३२ वर्षीया तारा बुढाकी ३८ दिनकी छोरी प्रतीक्षा बुढाको निस्सासिएर मृत्यु भएको हो।
कोठाभित्र कोइला बालेर सुतिरहेको अवस्थामा निस्सासिएर बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा आमा तारा बुढा र उनकी १३ वर्षीया भदैनी सङ्गम बुढा बेहोस भएका थिए।
उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
Previous Articleविभागद्वारा पूर्ण क्षमतामा सेवा सञ्चालन, दुई दिनमै राहदानी !
Next Article विद्युत् प्राधिकरणमा २६० भन्दा बढी पदमा कर्मचारी माग

