काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।
अस्पताल स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डु लैजाने तयारी गरिएको छ।
आजै पशुपति आर्यघाटमा पार्थिव शरिर दाहसंस्कार गरिने बताइएको छ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।

