रोल्पा– रोल्पामा आज जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
माडी गाउँपालिका–६ हान्डिङबाट घर्तीगाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै शहीदमार्गमा दुर्घटना हुँदा ३ जनाको ज्यान घटना स्थलमै र १ जनाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा ल्याउदै गर्दा मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरुमा माडी–६ हान्डिङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादु पुन, ४७ वर्षीया चौसरा विक, १८ वर्षीय लीला पुन रहेका छन् । लिलाको अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो ।
यस्तै घाइते हुनेहरुमा पनि सोही ठाउँका २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
