भरतराज सुवेदी
कोरनाकै कारण, जनताको नरसंहार ।
पिडै पिडामा छन् जनता, छ सरकार ?
भ्यान्टीलेटर, अक्सिजनका कारण जनता मर्दैछन् ।
कोहि औषधीको अभावमा
त कोहि अस्पताल पुग्न नपाउदै ।
कोहि भोकमरीले
त कोहि गरिविका कारण मर्दैछन् ।
कोरना……………….।
कोहि घरभित्रै सुसाइड गदैछन् ।
त कोहि मानसिक अस्वस्थ्य हुदैछन् ।।
जनताको सामाजिक,सांस्कृति सम्वन्ध टुटदैछ ।
देशको आर्थिक अवश्था विकराल वन्दैछ् ।।
कोरना……………….।
कोहि वैकको ऋणले थिचेर मदैछन् ।
त कोहि शैक्षिक मारले मर्दैछन् ।।
जनता माफीयाका कारण लुटिदैछन् ।
दलाल महामारीमा नै छक्का हान्ने दाऊमा छन् ।।
कोरना……………….।
सरकार सम्पुर्ण सरकारी सयंत्र चलाउदैन ।
आर्मि,प्रहरी,शसस्त्र,कर्मचारी सवै उर्तादैन ।
राष्ट्यि युनिफाइड संयन्त्र वनाउदैन ।
राजनैतिक दलहरु सुतेका छन
दलका भात्रृसंगठन सुस्ताएका छन् ।
दलै पिच्छेका नागरीक समाज रमिते भएका छन ।
कोरना……………….।
जनता दैनिक दुईसयको हाराहारीमा ज्यान गुमाएका छन् ।
सरकार र दलहरु जनताको लासको आगो तापीरहेका छन्।।
सरकार वजेटको हिसाव कितावमा व्यस्त छ ।
दलहरु सरकार ढाल्न मै आतुर छन् ।।
कोरना……………….।
यो व्यथिति र महामारीमा जनता सजग हुनै पर्छ
उर्लदो महामारीका विरुद्ध जागरुक भै निस्तेज पार्नु पर्छ ।
मौकामा काम नलाग्ने दल र सरकारलाई जनताले चिन्नु पर्छ
आउदो समयमा यी दलाल माफीयालाई पाताकस्नु पर्छ ।।

