काठमाडौँ / नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरूविरुद्ध अनर्गल प्रचार गरिएको बताएका छन् ।
सोमबार फेसबुकमा स्टाटस लेख्दै भुसालले पार्टी एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणका र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’
उनले पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भएको जस्तै अहिले त्यस्तै समूह खडा गर्न खोजिएको बताएका छन् ।
‘

