दक्षिण कोरीया ,सौल झापाली समाज दक्षिण कोरियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री झापामा वितरण गरिएको छ । कोरोना महामारी रोकथामका लागि झापाका १५ वटै स्थानीय तह, दमक र बिर्तामोडको प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ झापालाई उक्त सामाग्री वितरण गरेको अझास उपाध्यक्ष तथा झापाली समाज दक्षिण कोरीया का का.अध्यक्ष कृष्ण चापागाईले जानकारी दिनु भयो ।
स्वास्थ्य सामग्री वितरण मा झापामा रहेका प्रत्येक स्थानीय तहमा एकहजार ३ सय ५० मास्क, ४ थान ठूलो सेनिटाइजर, ८ थान पिपिई र ५० थान फेस शिल उपलब्ध गराएको समाज का महासचिब अजय श्रेष्ठ ले जानकारी दिनु भयो त्यसैगरी नेपाल पत्रकार महासंघ झापालाई एकहजार ३ सय मास्क, सानो १० थान सेनिटाइजर, ४० थान फेसशिल प्रदान गरिएको बताइएको छ ।

दमक इलाका प्रहरी कार्यालयलाई एकहजार ३ सय ५० थान मास्क, सेनिटाइजर ४ थान ठूलो, फेसशिल ५० थान र बिर्तामोड इलाका प्रहरी कार्यालयलाई ६ सय ५० थान मास्क, सेनिटाइजर र फेस शिल र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ सय ५० थान मास्क, सेनिटाइजर र फेसशिल्ड प्रदान गरिएको छ । झापाली समाज दक्षिण कोरियाले हप्ता दिनको अभियान मार्फत नेपाली पाच लाख पचास हजार सकंलन भएको कार्यसमीति सदस्य मौसम तामाङ ले जानकारी दिए साथै यस अभियान सफल बनाउने सम्पुर्ण सहयोगी हात हरुलाई धन्यवाद दिनुभएको छ ।

यस अभियान सफल पार्न झापामा स्वास्थ्य सामग्री देखि वितरण सम्म खट्नु हुने अकुंर नेपाल का उपाध्यक्ष सजिंब चापागाई ,पुर्व सहसचिब युवराज चापागाई,पुर्व उपाध्यक्ष देवेन्द्र पोखरेल र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र का अध्यक्ष उत्तम लाई बिषेश धन्यवाद गर्दै वितरणमा सहयोग गर्नु हुने समाज का पुर्व अध्यक्ष द्वय राजु थापा र नविन बास्कोटा लाई धन्यवाद दिदै आगामी दिनमा पनि समाजले यसरी नै सहयोग गर्ने झापाली समाज द. कोरिया का सदस्य मुकेश खनाल ले जानकारी दिए ।

