प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक पक्षको बहस सकिएको छ । सर्वोच्च अदालत संवैधानिक इजलासमा आइतबार निवेदक पक्षको बहस सकिएपछि अब सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ ।
इजलासले दिएको १२ घन्टाको समयमा निवेदक पक्षका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरे । आइतबार १४ कानुन व्यवसायीले बहस गरे । सुरुमा वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस गरिन् भने अन्तिममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरे ।
संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक राष्ट्रपतिले कसैको नियुक्ति गर्दिनँ भन्न नपाउने बताए । उनले भने, ‘म्यान्डेटरी ड्युटी भएकाले राष्ट्रपतिले कसैको नियुक्ति गर्दिनँ भन्न पाउनुहुन्न । संविधानको धारण ७६ (१), (२), (३) र ५ बमोजिम पनि उहाँ (केपी ओली) नै प्रधानमन्त्री हुने कतै लेख्या छ ?
