नन्दलाल खरेल
भौतिक सम्पन्ताको होडवाजीमा मान्छे
अध्यात्मलाई चटक्कै विर्सेको छ
अध्यात्म पनि गलत परम्परा
कुसंस्कारमा रुमलिएको छ
जीवन धर्म संस्कृति परम्पराको
परिभाषा आ-आफ्नो स्वार्थमा भएको छ
दया प्रेम करुणा सद्गुण शान्ति
एकादेशको कथा भएको छ ।
अशान्ति, हत्या हिसा लुट भ्रष्टाचार
यी सबैमा मान्छे सबैभन्दा अगाडि छ
धर्म सम्प्रदाय समूह प्रायः सबैले
आ-आफ्नो बजारीकरण गरेको छ ।
कतिपय ध्यानी ज्ञानी विवेकी सन्तमा पनि
व्यभीचारी लोभ इष्याको ब्यारोमिटर उच्च छ
सबै आफु मात्र ठीक अरु वेठिक
भन्ने बुझाइले मानिस अंहकारमा फसेको छ ।
घण्टी हल्लाउनु आरति गर्नु फुल चढाउनु
मंदिरबाट फर्कदा मासु खरिद गरी भान्सा सजाएको छ
धन दौलत सन्तान सुख शान्तिको लागि
मान्छे परमात्माको मंदिरमा फुल र लड्डु चढाएको छ ।
कतिपय सन्त महन्त ज्ञानी गुरु पनि
आफ्ना शिष्यलाई पाउ ढोगाएको छ
लोभ गर्नु हुन्न भन्ने सन्तहरु पनि
एकान्तमा गइ भक्तले चढाएको पैसा गन्न थालेको छ ।
अध्यात्मले व्रहाण्डको सृष्टिको रहस्य
ईश्वरले गरेको भनेको छ
भौतिक वादले व्रहाण्ड सृष्टिको रहस्य
ईश्वरले नभएर प्राकृतिक नियम भनेको छ ।
मान्छे बुझेर नबुझेर आफ्नो शरिरलाई
अनेकौ कष्ट दिई ध्वष्त बनाएको छ
सबै समस्याको समाधान आफुले नगरेर
मान्छे ईश्वरको शरणमा परेको छ ।
मान्छे शान्तिको लागि आफु भित्र नभए
बाहिर जगतमा भौतिरिएको छ
काम क्रोध लोभ मोहको कुरा गरी नथाक्ने
ज्ञानी मान्छेले नै अज्ञानीलाई मात गरेको छ ।
धेरैले ईश्वर खोज्न कही टाढा नगएर
आफु भित्र खोज भनेको छ
ईश्वरले मान्छे होइन
मान्छेले ईश्वर बनाएको छ ।
मैले भनेको सबै कुरा
ठिक नहुन पनि सक्छ
तर मलाई धेरै यहाँहरुको
अन्यन्तै सुझाब चाहिएको छ ।

