काठमाडौं : कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने जनाएको छ।
क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो। जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।
त्यसैगरी योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । त्यसबाहेकको बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो। यो बन्दमुखी योजना हो ।
यस योजनामा फागुन २ गतेसम्म आवेदन दिन सकिने जनाईएको छ। उक्त समयमा सबै इकाई बिक्री नभएमा फागुन १३ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

