नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्ष्टीकरण सोध्ने भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
यस्तै बैठकले कार्यदलको १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिको बारेमा धारणा राखेका थिए। त्यस्तै, बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय गरेको पनि ज्ञवालीले बताए।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए। बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
बैठकमा नेपाल समूहका नेताहरू सहभागी भएका थिएनन् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिको बारेमा धारणा राखेका थिए। विश्वासको मत लिने क्रममा भएका घटनाक्रमबारे उनले चर्चा गरेका थिए। बैठक पुन: भोलि ३ बजे बस्ने छ।

