काँग्रेस महामन्त्री डा.शशांक कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुबीच छलफल सुरु भएको छ । सोमबार अपरान्ह कोइराला निवासमा छलफल सुरु भएको हो ।
छलफलमा नेता पौडेलसहित डा.कोइराला,अर्जुननरसिंह केसि,प्रकाशमान सिह,डा.रामशरण महत, प्रदिप पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ । छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको बताइएको छ ।

