नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता भएको छ। ओलीलाई भेट्न विप्लव मंगलबार बिहान भक्तपुरको बालकोट स्थित उनकै निवास पुगेका हुन्।
सो भेटमा नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मा, सचिवालय सदस्य धमेन्द्र बास्तोला, सन्तोष बुढासहित सहभागी रहेको जनाइएको छ ।उनीहरुबिच बिहान साढे ८ देखि साढे ११ बजेसम्म भेटवार्ता भएको हो।
पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त छन्, सोही क्रममा ओलीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

