रुकुम, माघ १४ – एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औं शाखा उद्घाटन गरेको छ। उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भयो।
नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू, र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न शाखाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिने लक्ष्य राखेको छ।
एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखाहरू स्थापना गर्दै आएको छ। बैंकले सेवा सञ्जालको विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ। आठबीसकोट शाखाको उद्घाटनसँगै बैंकको सञ्जाल थप बलियो बनेको छ।
हाल, एनएमबि बैंकले देशभर २०२ शाखा, १८६ एटीएम, र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। यस शाखा विस्तारले एनएमबि बैंकलाई नेपालको एक अग्रणी वित्तीय संस्थाको रूपमा अझ सशक्त बनाएको छ, जसले ग्राहकहरूको आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको छ।

