काठमाण्डौ । राष्ट्रिय सभाको बैठक आज दिउँसो पौने १२ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ।
राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्ने अर्को कार्यसूची समेत छ ।

