काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहनेछ।
दिउँसोतर्फ कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा समेत वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना विभागले जनाएको छ।