काठमाण्डौ। सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीट्यांकीमा घरायसी विवादका क्रममा श्रीमतीको ढुंगाको प्रहारबाट श्रीमानको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार वर्ष ५५ का बुद्धसिं वाइबालाई गत कात्तिक १ गते श्रीमती वर्ष ४८ की राधिका वाइबाले टाउकोमा ढुंगाले प्रहार गरेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेका बुद्धसिंको उपचारका क्रममा मृत्यु भएको हो।
घाइते बुद्धसिंलाई प्रारम्भमा सिन्धुली अस्पताल हुँदै थप उपचारका लागि काठमाडौंस्थित बाँसबारी न्युरो अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले ‘उपचार सम्भव छैन’ भन्दै उनलाई घर फर्काएको परिवारजनले बताएका छन्।
घर फर्किएपछि उनलाई सिराहा जिल्लाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएको थियो। उपचारका क्रममा नै उनको आज मृत्यु भएको हो।
प्रहरीले घटनामा संलग्न श्रीमती राधिका वाइबालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

