काठमाडौं: एक प्रकारको सानो किर्नाको टोकाइबाट सर्ने स्क्रब टाइफस रोगको लक्षण कोरोना संक्रमणसँग मिल्दो जुल्दो हुने चिकित्सकहरू बताउँछन् ।
ज्वरोको कारण नखुलेका र कोरोना संक्रमण नेगेटिभ देखिएका सबै व्यक्तिहरूले स्क्रब टाइफसको परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह पनि गरेको छ ।
वर्षायाममा देखिने स्क्रब टाइफसका कारण खासगरी नेपालको अधिकांश क्षेत्रमा देखिएको समाचार प्राप्त भएको छ। यस वर्ष मृत्यु भएकामध्ये १६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो ।
जसमध्ये पाल्पामा सबैभन्दा बढी चार जना मृत्यु भएका व्यक्तिमा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । चितवन र कैलालीमा मृत्यु भएकाहरूमा पनि संक्रमण देखिएको छ ।
नेपालमा ५० जनामा स्क्रब टाइफसको संक्रमण, मृत्यु भएका १६ जना संक्रमित रहेको पुष्टि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ

