काठमाडौं: मन्त्री नारायण खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।
शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत उच्च पदस्थहरूको उपस्थिति थियो।
राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन्।

