काठमाडौं: ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ् सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ् सेवाहरु मोबाइल बैंकिङ् एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np का माध्यमबाटसमेत प्रयोग गर्न मिल्नेगरी यो सेवा सुचारु गरेको हो।
बैंकले यहि मिति २०७८ साल मंसिर ५ गतेदेखि डिजिटल बैंकिङ् सेवालाई थप प्रर्वद्धन गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षितगर्दै समानरुपले डिजिटल बैंकिङ् सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ् एप अपग्रेड गरेको हो।
ज्योति स्मार्ट मोबाइल बैंकिङ् एप अपग्रेड भएसंगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एपबाटै तोक्ने, Self-Account Link ,अनलाईन रकम भुक्तानीकासाथै डिजिटल बैंकिङ् सम्बन्धी समस्यापरेमा उजुरी दिनेजस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ् एप र वेबब्राउजबाट उठाउन सक्नेछन्। त्यसैगरी बैंकखाता नभएका प्रयोगकर्ताहरुले Self Register गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ् सेवाहरु सम्बन्धी जानकारी पाउन सक्नेछन्।
यो सुविधा नयाँ प्रयोगकर्ताहरुले Appstore अथवा Playstore बाट App लाई डाउनलोडगरि र पुराना प्रयोगकर्ताहरुले App लाई Update गरि नयाँ सेवाहरूको लाभ लिन सक्नेछन्।
बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमानगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहजरुपमा प्राप्त गर्नसक्ने विश्वास लिएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

