– बसन्ता कुमारी ढकाल
आकाशमा पन्छी स्वतन्त्र उडिरहदा
मान्छे आफ्नै घरभित्र थुनिएको छ
घरको कुकुर मस्त आँगनमा पल्टिरहदा
मान्छे मृत्युको भयमा बाचिरहेको छ
हिजोको सँगै हासखेल गर्ने साथी आउदा
मान्छे आज अनायस घवराइरहेको छ
अन्तरिक्षयान मंगलग्रहमा पुगेर फर्किदा
मान्छे सुक्ष्म भाइरससँग घम्साघम्सी गरिरहेको छ
हिजो आफुलाई रुपको घमण्ड गरीरहदा
आज अनुहार छोपेर हिड्नु परेको छ
हिजो विलासी जीवनमा अभ्यस्त भइरहदा
आज आफ्नै शरिरलाई यातना दिइरहेको छ
आफुलाई हिजो सधै अजम्बरी ठानी रहदा
आज संसारिक क्षणभंगुरबाट दिक्क भइरहेको छ
हिजो वातावरण विनास गरी अघि बढिरहदा
मान्छे आज कृत्रिम अक्सिजनको खोजीमा छ
हिजो जेसुकै आफ्नो पेटमा हसुरीरहदा
आज डाइटिङ्ग चार्टको अनुशरण गरिरहेको छ
आफन्तको लास वाग्मतीको किनारमा जालिरहदा
मान्छोको मनमा हृदयस्पर्शी भाव बढेको छ
प्रधानमन्त्रीले महामारीको टिप्सहरु ठक्ट्यौली गरिरहदा
हिजो दिएको मतको ग्लानी भैरहेको छ

