काठमाडौं / नयाँ सरकार गठनका लागि बनेको विपक्षी गठबन्धनमा सत्तारुढ नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २७ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनलाई नेपाल–खनाल समूहले साथ दिएको हो।
विपक्षी गठबन्धन १५० सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको दाबी गर्न शीतल निवास पुगेको छ।

