काठमाडौं: नेपालीहरू इटालीको वाइन, बेल्जियमको बियरदेखि स्कटल्यान्डको ह्विस्कीसम्मका पारखी बनेका छन् ।
लिटरको हजार रुपैयाँ पर्ने वाइन मात्रै होइन क्वाटरकै एक लाख पर्ने आयातित ह्विस्कीसमेत पिउँछन् नेपाली ।
नेपालीले वर्षमा दुई अर्ब ५६ करोड रुपैयाँ विदेशी मदिरा पिउनमा नै खर्च गर्छन् ।
नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीका अनुसार हाल नेपाली बजारमा विदेशी मदिराको हिस्सा करिब ३० प्रतिशत रहेको छ । बाँकी ७० प्रतिशत भने स्वदेशी उत्पादनको रहेको छ ।
विदेशी मदिरामा नेपालीको बढ्दो मोहले सरकारी ढुकुटीलाई पनि लाभ दिइरहेको छ ।
सरकारले मदिरा आयातमा वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउँदै आएको छ ।
