पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने एक हजार ९ सय ९३ जना कोरोनामुक्त भएको उनले जानकारी दिए। काठमाडौंमा पाँच सय ५९,भक्तपुरमा ९४ र ललितपुरमा दुई सय ६ जना गरी उपत्यकाभित्र ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता अधिकारीले जानकारी दिए।
साउन महिनाबाट कोरोना संक्रमण बढेको अधिकारीकाे भनाइ छ। गत मंगलबार तीन हजार ८ सय ९९ जना,सोमबार तीन हजार चार सय २१ जना,आइतबार दुई हजार दुई सय ३७,शनिबार तीन हजार एक सय १४ जना संक्रमित भेटिएका थिए।
त्यस्तै,शुक्रबार दुई हजार ९ सय ७७ जना,बिहिबार दुई हजार सात सय १४ जनामा कोरोना संक्रमण भएको थियो। बुधबारको संक्रमितसहित कुल एक सातामा २२ हजार दुई सय दुई जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ। मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् ।

