काठमाडौं: ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना फेला परेको छ। शुक्रबार प्रहरीले उक्त कारखानमा छापा मारेर संचलक चिनियाँ नागरिक सी जीहुईलाई पक्राउ गरेको छ।
पर्यटन भिसामा नेपाल आएका उनले रक्सी कारखाना चलाएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार ती चिनियाँले मेसिननै राखेर चिनियाँ लोकल रक्सी अवैधरुपमा रक्सी उत्पादन गरिरहेका थिए।
करिव १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थसमेत बरामद गरिएको महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
