काठमाडौं: महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।
भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदैसार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।
‘शुुक्रबार हामीले गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले आज लिखित जवाफ पठाउनुुभएको छ,’ दार्चुुलाका प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘तुुइन तर्न नसकेर युुवक आफैं खसेका हुुन् । बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ ।’
प्रमुुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिए ।
‘ड्युटी गर्ने क्रममा हाम्रो एसएसबीको टोली त्यहाँ गएको हो, ’ पत्रमा उल्लेख भएको कुुरा बताउँदै प्रजिअ जोशीले भने, ‘तर उहाँहरुको घटनामा कुनै खालको संलग्नता छैन ।’
घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ ।
पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।
शुुक्रबार बिहान भारतीय भूूमिबाट सदरमुुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।
