महालक्ष्मी विकास बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सोमबार काठमाडौमा सम्पन्न भयो। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणहरूमाथि छलफल गर्दै ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरे।
महालक्ष्मी विकास बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सोमबार काठमाडौमा सम्पन्न भयो। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणहरूमाथि छलफल गर्दै ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको
सभाले आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश (लाभांश करसहित) र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।
सभाले २०८१ साल आषाढ मसान्तको वासलात तथा आ.ब. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।
सभाका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्घता व्यक्त गर्नुभयो ।

